कोहलपुरको एक होटलमा एक युवक मृत अवस्थामा फेला

२ जेठ, कोहलपुर । कोहलपुरको एक होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कोहलपुर शितभण्डार नजिकै रहेको होटल अनमोलको कोठा नम्बर २०१ मा एक युवक मृत अवस्थामा भेटिएका हुन् । गत वैशाख ३१ गते होटलमा कोठा लिएर बसेको र आज मंगलबार दिउँसोसम्म पनि कोठा नखोलेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।

उक्त जानकारी भए पश्चात् प्रहरी आएर ढोका फोडेर हेर्दा युवक मृत अवस्थामा फेला परेका हुन् । मृतक युवा बाँके खजुरा घर भई हाल कोहलपुर १२ चप्परगौढी बस्ने ३१ वर्षिय हरिराज शर्मा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।