१ असार, बैतडी । बैतडीमा विद्यार्थी बेहोश हुन थालेपछि पठनपाठन प्रभावित भयको छ ।
दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि विधालय बन्द गरेको हो । गएको दुई हप्तादेखि विद्यार्थी बेहोश हुने रुने, कराउने काँप्ने, ढल्नेलगायत समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।
बैतडीका स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए। ‘
सुरुमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ’, उनले भने, ‘विद्यालय समयमा यस्तो समस्या देखिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले सुझाव दिए।
पाँच वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो ।
कोहलपुर खबर । १ असार २०८०, शुक्रबार ११:१५