५ साउन, कोहलपुर । कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै खाल्डोमा एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकैको नालामा घोप्टो अवस्थामा मृत फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन ।
शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखीएकोे र बाँकी विवरण आँउन ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर खबर । ५ श्रावण २०८०, शुक्रबार १४:११