१७ जेठ, कोहलपुर ।हो हामि क्षय रोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षय रोग आधारभुत मोडुलर सम्बन्धि ३ दिने तालिम बुधवार सम्पन्न भयको छ ।
तिन दिन सम्म संचालन भएको तालिममा कोहलपुर नगरपालिका १ देखि १५ नम्बर वडाका १–१ जना गरी १५ जना स्वास्थ्यकर्मीहरु उपस्थित रहेको थियो । क्षयरोग स्वासप्रस्वास मार्फत सर्ने सरुवा रोग हो, यसको मुख्य लक्षण भनेको खोकि लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, छाति दुख्ने जस्ता लक्षणका विषयमा तालिममा उपस्थित स्वास्थ्यकर्मीहरुलाई जानकारी गराईएको थियो ।
यो रोग विश्वको प्रमुख समस्याका रुपमा रहेको कारण क्षय रोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउनका लागि सबैको सक्रिय सहभागिता र सहयोगले मात्र नियन्त्रण गर्न सकिने छ ।
आर्थिक वर्ष २०८०–८१ मा २४५ जनाको क्षयरोगी पत्ता लगाउने लक्ष लिएकोमा २०८०–८१ श्रावण देखि चैत महिना सम्म कोहलपुरमा १३२ जना क्षयरोगी संक्रमित फेला परेका छन । राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य विभाग कार्यक्रम अन्र्तगत एकीकृत स्वास्थ्य प्रणली मार्फत समुदाय स्तरसम्म प्रभावकारी रुपमा संचालन भैरहेको क्षयरोग मुक्त अभियानका संयोजक राजु केशीले जानकारी दिएका छन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले तालिमको समापन बोल्दै उनले कोहलपुरमा क्षयरोग जनस्वास्थ्यको मुख्य समस्या भयको कारणले जिल्लालाई क्षयरोगी मुक्त जिल्ला बनाउने उद्देश्यले तालिमको आयोजना गरीएको उनले बताए । तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गरी क्षयरोगी मुक्त जिल्ला बनाउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध समेत गरेका छन् । क्षयरोगमा कमि ल्याउन स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहने भएका कारण तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गरी नागरीकको सेवामा प्रतिबद्ध रपमा लाग्न उनले निर्देशन समेत दिएका छन् ।
१५ वटा वडाबाट एक–एक स्वास्थ्यकर्मीको प्रतिनिधित्वहुने गरी क्षयरोग सम्बन्धि तालिमको आयोजना गरेर स्थानिय स्तरमा सेवाको पहँचमा बृद्धि गराउने र जनचेतना फैलाउने नगरपलिकाले लक्ष्य साथ अगाडि लागि परेकोे बताए । नियमित ६ महिना सम्म औषधि सेवन गरे सन्चो हुने बताएका छन् । साथै नेपाल सरकारले क्षयरोग उपचार सेवा निःशुल्क रुपमा वितण गर्दै आएको कुरा समेत जानकारी दिए ।
कोहलपुर खबर । १७ जेष्ठ २०८०, बुधबार ११:३०