वर्षाले गर्दा नेपाल र यूएईको खेल अझै सुरु हुन सकेन

१८ बैशाख ,कोहलपुर / काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रीकेटको फाइनल खेल कीर्तिपुर क्रीकेट मैदानमा नेपाल र यूएईबीच भइरहेको छ । ११,४८ बजेदेखिको वर्षाले गर्दा खेल रोकिएको छ ।

नेपालले टस जितेर फिल्डिङ रोज्दै यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो। त्रिवि मैदानमा सिमसिम वर्षा बन्द नहुँदा खेल अझै सुरु हुन सकेको छैन । हजारौं दर्शकहरु छाता ओढेर नेपालको समर्थनमा मैदानमा बसिरहेका छन् । अहिले क्रीकेट मैदानलाई पूरै ढाकिएको छ ।

नेपाली बलर सामु यूएईका ब्याट्सम्यान निरीह बनेका छन् । यूएईले ९ औं विकेट गुमाइसकेको छ । यूएईले वर्षा हुन अघि २७।३ ओभरमा १०६ रन बनाउँदै ९औं विकेट गुमाइसकेको छ ।