२७ पुष कोहलपुर
राजा पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीको सम्झनामा पृथ्वी जयन्ती मात्र होइन, यही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ को रूपमा समेत मनाइँदै आएको छ ।
नेपाल गणतन्त्रात्मक राज्य भएपश्चात् बेलाबखत पृथ्वी जयन्तीलाई नै ‘राष्ट्रिय एकता दिवस’ को रूपमा मनाउने कि नमनाउने भनेर नेपाली समाजमा बहस तथा विवाद हुने गर्छ । यसरी विवादरहित नभएको राष्ट्रिय दिवस मनाउँदा नेपालीको राष्ट्रियता बलियो हुँदै गएको छ कि कमजोर हुँदै गएको छ, यक्ष प्रश्न हामीसामु छ । फेरि निर्विवाद भएन भन्दैमा राष्ट्रिय दिवस नै नमनाउने कि वा अरू नै दिन मनाउने हो भन्ने स्वाभाविक प्रश्न पनि जन्मिन पुग्छ ।
अझ महत्त्वपूर्ण विषय भनेको राष्ट्रिय दिवस कुन दिन मनाउनेभन्दा पनि कसरी सबै नेपालीलाई समेट्ने र कसरी प्रभावकारी रूपमा मनाउने भन्ने हो । यसै सेरोफेरोमा नेपालमा राष्ट्रिय दिवसलाई कसरी बुझ्ने र मनाउने भन्ने विषयमा यस लेख सम्बन्धित छ । यद्यपि यो लेख कुनै व्यक्ति वा दिनलाई उसको पृष्ठभूमि, ऐतिहासिकता र महत्त्वका बारेमा वर्णन गर्नु नरहेको पङ्क्तिकार प्रस्ट पार्न चाहन्छ ।
कोहलपुर खबर । २७ पुष २०७९, बुधबार १०:५१