क्षतिपूर्ति दिने सहमतिमा लम्सालका आफन्तले बाटो खुलाए

 

१२ जेठ, दाङ । क्षतिपूर्ति माग गर्दै तुलसीपुरको पुल्चोक सडक बन्द गराएका सीताका आफन्तले बाटो खुलाएका छन ।

किरिया खर्च बापत ५० हजार रुपैयाँ र स्कुटर किन्न पैसा दिने सहमतिमा लम्सालका आफन्तले बाटो खुलाएका जानकारी दिएका छन ।
किरिया खर्च बापत ५० हजार रुपैयाँ नगद आजै पीडित पक्षले बुझेका छन ।
दुर्घटनामा परेको स्कुटर ट्याक्सी समितिको नाममा नामसारी गरिदिने र बदलामा समितिले दुई लाख रुपैयाँ स्कुटरका लागि दिने सहमति भएको छ। सहमतिसँगै आफन्तले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट शव बुझेर लगेका छन्।

सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षक थिइन्।

शनिबार स्कुटर चलाएर विद्यालय जाँदै गरेकी उनलाई हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको जीपले दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो।