दाङमा सर्पको टोकाइबाट युवकको मृत्यु

१२ वैशाख, दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो ।

डाँगीलाई अस्पताल लैजान ढिलाइ हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । उनलाई मंगलवार बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेका थिए ।