✍️ मार्सल राज सन्ज्याल
भदौ १५ कोहलपुर । बाँकेको कोहलपुर तिन मैटहवामा रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले विद्यालयमा मनोमानि गरि आर्थिक अनियमितता गरेको भन्दै बिद्यालयमा उपस्थित सर्वदलिय बैठकबाट छानविन समिती गठन गरेको छ।
भेलाले विरेन्द्र बहादुर शाहिको संयोजकत्वमा ५ सदस्य रहेको छानविन समिती गठन गरेको हो । अन्य सदस्यहरुमा गुणनिधि आचार्य,तारा केशर रिजाल,लक्षि चौलागाई र तारा वहादुर वि.क. रहेका छन । छानविन समितीले विद्यालयका सामाग्रीहरू सेनेटरी प्याड, पंखा र कवाड विक्रि गरिएको भन्ने बिषयमा छानबिन समितिले आर्थिक अनियमितताको बारे छानविन गरि प्रतिवेदन सार्वजनिक गर्नेछ ।
भाद्र ११ गते बोलाईएको भेलाले अभिभावक भेलामा प्रधानाध्यापक चन्द्र बहादुर खत्रीको अभिब्यक्तिका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण विवाद भएको र केहि असन्तुष्ट अभिभावकले विद्यालयमा लगाएको तालाका विषयलाई लिएर वडा अध्यक्ष माधव रिजालको नेतृत्वमा ताला लगाईएको भनि हल्ला गरेका छन्। सर्वदलिय भेलामा उपस्थित अभिभावकहरुले आफुले लगाएको भनेपछि प्रधानाध्यापक स्वयमले सो कुरा स्विकार गरेकाले प्रधानाध्यापकले सहि ब्यहोरा उल्लेख गरि प्रेस बिज्ञप्ति जारी गर्नुपर्ने निर्णय गरेको छ ।
प्रधानाध्यापक चन्द्र बहादुर खत्रीलाई बिद्यालय ब्यबस्थापन समितीले यस अघि सोधेको स्पष्टिकरणको जवाफ हाल सम्म पनि नदिएको भन्दै उपस्थित भेलाको राय बमोजिम भाद्र १३ गतेका मितिले ३ दिन भित्र चित्तबुझदो स्पष्टिकरण पेश गर्न भनिएको छ । प्रधानाध्यापकबाट पुन: पुरानै कार्यशैली र गैर जिम्मेवारी देखिएमा राजनैतिक दल, समाजसेवी,बुद्धिजिवि, शिक्षा प्रेमीहरुको राय सल्लाहबाट विकल्प खोज्न सकिने समेत चेतावनि दिईएको छ ।
यस अघि केहि भाद्र ११ गते अभिभावक र प्रधानाध्यापक चन्द्र बहादुर खत्रीबिच विवाद हुदा विद्यालयकै प्रधानाध्यापकको कार्य कक्षमा ताला लगाईएको थियो । लगाईएको ताला आफनो विद्यालयको समस्या आफै समाधान गर्ने भन्दै केहि बेरमा खुलाईएको थियो ।
प्रधानाध्यापक खत्रीले भने आफुलाई विद्यालय ब्यबस्थापन समितीले सहयोग नगरेका कारण बिद्यालयलाई आवश्यक पर्ने सामान खरिद गरेको र कुनै अनियमितता नगरेको प्रष्ट पारेका छन । उनले खरिद गरिएका सामाग्रीहरुको विल भरपाई रहेको जिकीर गरेका छन । यसैगरि पंखा बिक्रि, कवाड बिक्रिको नगद समेत विद्यालयको खातामा दाखिला गरिसकेको बताएका छन ।
विद्यालयमा पारदर्शिता कायम गरेको दावि गरेका प्रधानाध्यापक चन्द्र बहादुर खत्रि र नेपाली काङ्ग्रेसका वडा सभापति गणेश थापा भने सर्वदलिय बैठक चलिरहेकै समयमा बैठक स्थल छोडेर बाहिरिएका थिए ।
कोहलपुर खबर । १५ भाद्र २०८०, शुक्रबार १८:४९