नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ, शपथसँगै प्रधानमन्त्री ओलीले विस्तार गरे २२ सदस्यीय मन्त्रिपरिषद्

नवनियुक्त मन्त्रीद्वारा शपथग्रहण, ओली सरकारमा ११ जना बने पहिलोपटक मन्त्री

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ प्रधानमन्त्री ओलीले शपथ लिएका हुन । आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई नेपालको ४५औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा ओलीको यो चौथो इनिङ हो । उनी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका छन् ।

शपथसँगै प्रधानमन्त्री ओलीले विस्तार गरे २२ सदस्यीय मन्त्रिपरिषद्

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलै शपथ लिए संगै आजै आफ्नो मन्त्रिपरिषद् गठन गरेका समेत गरेका छन ।

सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पद तथा गोपनियताको शपथग्रहण गरे ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन । प्रधानमन्त्री ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन ।

ओली सरकारमा ११ जना बने पहिलोपटक मन्त्री

 

नेपाली कांग्रेस र नेकपा एमालेको मिलनपछि बनेको केपी शर्मा ओलीको नेतृत्व सरकारमा ११ नयाँ अनुहारले मौका पाएका छन् । चार दल सम्मिलित ओली सरकारमा कांग्रेसबाट ७ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका हुन ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवापत्नी आरजु राणा, बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी, अजयकुमार चौरासिया, ऐनबहादुर शाही (ठकुरी) र तेजुलाल चौधरी पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन । आरजु परराष्ट्र, पाण्डे पर्यटन, पौडेल स्वास्थ्य, अधिकारी कृषि, चौरासिया कानुन, शाही वन र चौधरी युवा खेलकुदमन्त्री बनेका छन ।

यस्तै, एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन । दाहाल भौतिक पूर्वाधार, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।