✍️मार्सल राज सन्ज्याल
२ बैशाख, दैलेख
दैलेखको आठबिस नगरपालीकाको स्थानिय बजारको मुख्य केन्द्र राकम कर्णालीमा र्यफ्टिङ सेवा सञ्चालन भएको छ ।
पर्यटन प्रर्बद्धन गर्ने र स्थानिय स्थरमा पर्यटनलाई नगरपालीकाको किनाराबाट बगिरहेको कर्णाली नदिमा याफ्टिङ फर्मले आठबीस नगरपालिकासंग समन्वय गरि (र्यफ्टिङ सेवा संचालनमा ल्याएको फर्मका अध्यक्ष धन बहादूर माझीले बताए ।
राकम कर्णालीमा गत बैशाखदेखी र्यफ्टिङ सेवा सूरु गरिएको भएपनि बिबिध समस्याका कारण सञ्चालनमा भने आउन सकेको थिएन । अहिले स्थानिय स्थरमा प्रर्यटन प्रवद्धनका लागि कर्णाली प्रदेश सरकारले १४ लाख अनुदान दिएपछि आठबिस नगरपालिकाबाट ३ लाख रकम पर्यटनका लागि छुट्याएपछि १७ लाखको लगानीमा(याफ्टिङ सेवा सञ्चालनमा ल्याईएको हो ।
बर्षातको समयमा कर्णालीको बहाव बढ्ने भएका कारण र्यफ्टिङ सञ्चालनमा समस्या भएपनि फागुन, चैत, बैशाख र जेठ महिनामा भने सहजै रुपमा ¥याफ्टिङ सञ्चालन गर्न सकिने (याफ्टिङ सञ्चालनका रिभर गाईड प्रेम बहादूर माझीले बताएका छन्।
हाल (याफ्टिङ सेवा आठबिस नगरपालीका वडा नम्बर ४ खिड्डी जिउलाबाट साईगाँउसम्म हुदै आएको छ ।
उक्त क्षेत्रको दुरी भने करिब १० किलोमिटर रहेको अध्यक्ष माझीले बताए खिड्गीज्यूलाबाट असाराघाट सम्म करीब ३० किलोमिटरको दुरीमा र्यफ्टिङ गर्न सकिने उनको भनाई छ ।
कर्णाली नदिमा (याफ्टिङ सेव सुरु भएसंगै आठबीस नगरपालिकामा पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने भएका छ ।
प्रदेशकै प्रमुख प्रर्यटकीय क्षेत्र रारा जाने बाटो यतै भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई एक पटक राकममा (याफ्टिङ गरेर जान प्रमुख प्रसासकिय अधिकृत शाहीले आग्रह गर्नुभएको छ ।
कोहलपुर खबर । २ बैशाख २०८०, शनिबार १०:४०