माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

  ४ साउन काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठकमा भने पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिईने छ दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छन्। बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यस अघि पदाधिकारीहरुको टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्ष विहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।