११ साउन कोहलपुर / कोहलपुर जेसिजको आयोजनामा संचालित जेसिज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सातौं दिन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रम जेसिज सचिवालयमा गरिएको थियो ।
कार्यक्रममा बिभिन्न ठाउँबाट जेसिज सप्ताह कार्यक्रममा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका सम्पूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चक्र बहादुर अधिकारी ले जेसिजले गरेका हरेक कार्यक्रमहरु समाज रुपान्तरणका लागि निकै महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् कार्यक्रममा बोल्दै अधिकारी ले आगामी दिनहरुमा जेसिजका हरेक कार्यक्रममा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी ईश्वर शर्माले हरेक वर्ष जेसिजले सप्ताहव्यापी कार्यक्रम संचालन गर्छ र यस बर्ष पनि सप्ताहव्यापी कार्यक्रम गरेको उनले बताए यस्ता कार्यक्रमले छुट्टै पहिचान र समाज रुपान्तरणमा धेरै टेवा पुर्याएको बताउदै जेसिजले साउन ३ गते बाट सप्ताहव्यापी कार्यक्रम सुरु गरेको महिला सशक्तिकरण तथा घरेलु हिँसा न्यूनीकरण कार्यक्रम गरी यस्तै ट्राफिक सचेतना, वृक्षारोपण, किशोरी आत्मरक्षा, निःशुल्क आँखा शिविर, किशोरी महिनावारी सरसफाई कार्यक्रम गरिएको र समाजमा यस्ता कार्यक्रमले छुट्टै पहिचान रहेको शर्माले जानकारी दिए।
कार्यक्रममा कोहलपुर जेसिजका पदाधिकारीहरु लगायत अन्य ठाउँहरुबाट आफ्नो भुमिका निर्वाह गर्दै आउनुभएका सम्पूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम अध्यक्ष शर्माले जानकारी दिए ।
कोहलपुर खबर । ११ श्रावण २०७९, बुधबार १९:४३