कोहलपुरमा खुल्यो होटल यात्री , अत्याधुनिक सेवा सुविधा सहित २० लाखको लगानीमा उद्घाटन

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा होटल यात्री खुलेको छ । करिब २० लाखको लगानीमा खुलेको होटल यात्री शुक्रबार कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्माले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन गर्दै वडा अध्यक्ष शर्माले व्यवसायीहरुलाई लगानी गर्न उत्साहपूर्ण वातावरण तयार गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । सञ्चालक सर्जन आचार्यले मार्सी चामलको थकाली खाना सहितको विभिन्न परिकार पाउने गरी नयाँ योजनाका साथ होटल यात्री सञ्चालन भएको बताए ।

उनका अनुसार करिब २० लाखको लगानीमा सण्ञ्चालन हुन लागेको होटलमा अत्याधुनिक सेवा सुविधा भएका रुम सहित बास बस्ने व्यवस्था समेत रहेको बताए । उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष मान बहादुर रुचाल, होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष मोहन रिजाल लगायत अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।