जेठ ९, दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया सुत्केरी पुष्पा महरालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आइतवार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माउनु भएको थियो । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र बच्चालाई सोमवार जिल्ला अस्पतालमा ल्याइएको थियो ।
बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
कोहलपुर खबर । ९ जेष्ठ २०८०, मंगलवार १७:०१