कोहलपुरमा मिस्टर्स एण्ड मिस प्रतियोगिता हुँदैं

५ असोज,कोहलपुर ।कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा उत्खन्न प्रतिभाको पहिचान कलाको भन्ने मुल नाराको साथमा दोस्रो पटक मिस्टर्स एण्ड मिस प्रतियोगिता कोहलपुरमा आयोजना गरिने भएको छ ।
युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु¥याउने र उनीहरुको कलाको माध्यम बाट कोहलपुर लाई नेपाल भरि चिनाउने उदेश्यले मिस्टर्स एण्ड मिस प्रतियोगिता गर्न लागेको हो । पश्चिम नेपालको सबैभन्दा ठुलो धनराशी र अवसर भएको सौन्दर्य प्रतियोगिताको नारा दिएर प्रतियोगिताको तयारी पुरा भयको शारदा इभेन्टका निर्देशक रोनिश राज गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भयको छ ।

कोहलपुर भित्रका युवा तथा युवतीहरुको समुह बाट अडिसन गरी छनौट गरीएका समुहलाई १५ दिन सम्म ब्यक्तित्व विकास, आत्मानिर्भरता र सशक्तीकरण, लागु औषध दुब्र्यसन सम्बन्धी सचेतनाका तालिम प्रदान गरीने इभेन्टका निर्देशक गौतमले बताए ।
यो एउटा व्युटी कन्टेष्ट मात्र नभयर कोहलपुरका युवा युवतीहरुको लागी संम्भमवना र उनीह्रुको व्यक्तित्व विकास, तथा युवा शशक्तिकरण सम्बन्धि प्रमुख कार्यक्रम हुने शारदा इभेन्टका म्यानेजर करिशमा चन्दले जानकारी दिएकी छिन ।
सन् २०२३ पछि कोरोना महामारीका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आयोजक संस्थाले ४ वर्ष पछि पुनः प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । यस अघि सन् २०२३ मा मिस एण्ड मिस्टर कोहलपुरको भव्य रुपम प्रतियोगिता सफल बनाएको आयोजकको दावी रहेको छ ।

प्रतियोगितामा १५ वर्ष देखि २५ बर्ष उमेरका युवायुवतीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार भोलि (शनिवार) पहिलो चरणको छनौट प्रक्रिया हुने शारदा इभेन्टका म्यानेजर करिशमा चन्दले बताएकी छिन ।