कपिलवस्तुको कोइली खोलाले बगाएर एकजनाको मृत्यु

३० बैशाख, चन्द्रौटा । कपिलवस्तुको बाणगंगा नगरपालिका(७ कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम नजिकै शव फेला परेको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजेतिर दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए। लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा शव फेला परेको रायमाझीले बताए।