२ चैत, विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ ।
नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित सिरहाको फुल्काहकट्टी घर भएकी नोबेल नजिकै बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा बस्दै आएकी २२ वर्षीया चन्द्रिका कुमारी दासलाई घरको शौचालयमा दिउँसो १२ बजे उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट थियाे । हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नले हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपीले बताए । हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनले बताका छन् ।
कोहलपुर खबर । २ चैत्र २०८०, शुक्रबार १७:५२