४ कार्तिक कोहलपुर / कोहलपुर नगरपालिका वडा न. १२ चप्परगौडीमा कुटपिट गरि गम्भिर घाईते बनाएको आरोपमा एकजना पक्राउ परेका छन । गत असोज २५ गते कोहलपुुर नगरपालिका वडा न. १२ चप्परगौडी बस्ने ६८ वर्षीय मिनराज अधिकारीलाई मर्निङ वाकमा हिडिरहेको अवस्थामा पछाडीबाट ईट्टाले टाउकोमा प्रहार गरि गम्भिर घाईते बनाईएको थियो । कार्तिक ३ गते ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कोहलपुुर नगरपालिका वडा न. १२ चप्परगौडीका २४ बर्षिय तिलक के। सी। रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । केसीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको मल्लले बताए ।
उनका अनुसार अधिकारीसँग पुरानो व्यक्तिगत रिसिबि भएकोले मौका छोपी घरमा कोही नभएको अवस्थामा बाटोबाट लखेटि घरको कोलियामा लगि ज्यान मार्ने उद्देश्यले टाउकोमा ईट्टा प्रहार गरि मरेको सोचेर भागेका थिए । अधिकारीलाई गम्भिर अवस्थामा देखि छिमेकिले प्रहरीलाई खबर गरेका थिए ।
आरोपित केसीका अनुसार आफुमाथि अलौकिक शक्ति आएर अनियन्त्रित भई अधिकारीमाथि हमला गरेको बताएका छन । अभियुक्त केसीलाई उनको आफ्नै निवासबाट पक्राउ गरि ज्यान मार्ने मुद्दामा थप कारवाही अगाढी बढाईएको डि। एस। पि। मल्लले बताए ।
साथै प्रहरीले चोरीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउपालिका वडा नं। २ दैलेख घर भई हाल बाँसगढी नगरपालिका वडा नं. २ बर्दिया बस्ने २८ बर्षिय प्रकाश थापा मगर रहेका छन ।
गत असोज २७ गते बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ कृषि बजार स्थित गणेश कुमार थापाले आफ्नो निर्माणाधिन घरबाट बिभिन्न सामाग्रीहरु चोरी भएको जाहेरी इलाका प्रहरी कार्यालय कोहलपुरलाई दिएका थिए ।
जाहेरी प्राप्त गरे लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलिले विभिन्न घर निमार्ण सामाग्री सहित थापालाइ पक्राउ गरेको थियो । थापाले आफ्नो भेसबदलेर चोरी गर्ने गेरको र थापामाथि थप आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
कोहलपुर खबर । ४ कार्तिक २०७९, शुक्रबार १७:३६