काठमाडौं । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको छ ।
गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट उनको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो । अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनको शवलाई श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा कार्यालयमा चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
कोहलपुर खबर । ३ बैशाख २०८१, सोमबार १४:४२