कोहलपुर ।
प्रथम बैजनाथ महोत्सव दुई दिन थप भई २३ गते सम्म सन्चालन हुने भएको छ ।
कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान ’विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराकासाथ संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव दुई दिन थप भएको छ ।
प्रथम बैजनाथ महोत्सवमा आज माघ २२ गते बाल कलाकार सुप्रिम मल्ल र गायक गोपाल नेपाल जि.एम. आउने प्रचारप्रसार समितिका संयोजक सुमन विश्वकर्माले जानकारी दिए ।
माघ १० गतेबाट सुरु भएको महोत्सवमा आज बाल कलाकार सुप्रिम मल्ल र गायक गोपाल नेपाल जि.एम. लगायतका कलाकाहरुको प्रस्तुति रहने बिश्वकर्माले जानकारी दिए ।
महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले बताइएको छ ।
त्यस्तै महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु.१ सय तथा विद्यार्थीको हकमा रु. ५० रुपैयाँ टिकट दर कायम गरिएको छ ।
कोहलपुर खबर । २२ माघ २०८०, सोमबार ०८:२७