माघी विशेष सास्कृतिक कार्यक्रम कोहलपुरमा भब्य रुपमा सम्पन्न 

माघी पर्वको कार्यक्रम कोहलपुर नगरपालिका वडा नं.७ लखनवार

१ माघ कोहलपुर।

कोहलपुर नगरपालिकाको वडा नं.७ लखनवार स्थित क्रियाशिल युवा क्लबको आयोजनामा माघी विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

थारु समुदायको संस्कृति भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सार्वजनिक विदा समेत दिएको छ । थारु समुदायले आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा पनि मनाउने गर्छन् । यस दिनमा ठूलाबडाको आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामना सहित मिठो मसिनो खाँदै मनाउने गर्छन् ।

थारु समुदायले माघी पर्वलाई महत्वपूर्ण पर्वका रुपमा मनाउने नयाँ र मिठा परिकारहरु बनाई खाने, एक आपसमा रमाउने गर्छन् । यस अवसरमा ढिग्री, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने विशेषगरी, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मर्ना’ भनिन्छ । त्यसैरात थारु समुदायले मासु, जाँड र ढिग्री खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् ।

यसै अवसरमा कोहलपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारुको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सांसद सन्जु कुमारी थारु,प्रमुख अथिति, तथा कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य, विशिष्ट अथिति कोहलपुर नगरपालिका उप प्रमख संगिता सुवेदी ,वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको थियो ।

कोहलपुर नगरपालिकाको दुई लाख आर्थिक सहयोगमा उक्त माघी विशेष सास्कृतिक कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । त्यसै गरी कार्यक्रममा ६५ वटा थारुनृत्य प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ । माघी विशेष सास्कृतिक कार्यक्रम पति राम थारुले सन्चालन गरेको थिए।