कार्तिक १ कोहलपुर । मालपोत र नापी कार्यालय कोहलपरको आज बुधवार औपचारिक रुपमा सेवा प्रवाह गरेका छन् । कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रुपले सेवा दिनुपर्ने कार्यक्रमकी प्रमुख अतिथी एवम् भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता चौधरीले सुझाव दिएकी छिन । मालपोत र नापी कार्यालयमा जनताले सास्ती नभयर सहजै सरल रुपमा काम गराउन जोर दिइन । कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानु पर्ने बाध्यताको अन्त भयको बताइन् ।
मालपोत र नापी कार्यालयको औपचारिक रुपमा सेवा प्रवाह कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुर्य ढकाल, आशा बिक, नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम चौधरी, लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी, सञ्जुकुमारी चौधरी, बसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।
कोहलपुर खबर । १ कार्तिक २०८०, बुधबार २०:५७