फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो


२२ असोज,काठमाण्डौ । इमिरेट्स स्टेडियममा भएको खेलमा इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई १–० ले हराएको छ । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ ।