२ फागुन कोहलपुर/ ५ औँ अन्तर माध्यमिक विद्यालय स्तरिय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ ।
सोमबार भएको फाइनल म्याचमा सगरमाथा ज्ञानपुञ्ज माविलाई हराउँदै त्रिभुवन माविले पाचौँ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । विजेता त्रिभुवन माविले नगद २१ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । दश विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा ज्ञानपुञ्ज मावि द्धितीय स्थान हासिल गर्न सफल भएको छ ।
द्धितीय भएको ज्ञानपुञ्जले नगद ११ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन माविकी सुहाना घर्ती वेष्ट बलर, वेष्ट बेटर र टुनामेन्ट अफ सिरिज श्रुति बुढा र सगरमाथा ज्ञानपुञ्ज माविकी विविता परियार इमर्जिङ प्लेअर घोषित भइन् । यस्तै प्लेअर अफ द फाइनलको उपाधि त्रिभुवन माविकी श्रुति बुढाले पाएको आयोजकले जनाएको छ ।
कोहलपुर खबर । २ फाल्गुन २०७९, मंगलवार ०७:५१