दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्ने


२५ असोज, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आउँदै गरेको वडादशैचाडपर्व लक्षित पारि विशेष सुरक्षा योजना ल्याउने भयको छ । ‘‘जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा केन्द्रित भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले चाडपर्व लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।चाडपर्व लक्षित गरी जमुनाह नाका, नेपालगन्ज बसपार्क र कोहलपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि विशेष सुरक्षा योजनामा ‘जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि सादा पोसाकमा पनि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले माइकिङ र पर्चा पम्पलेट वितरण गरी जनचेतना फैलाउने अभियान समेत चलाएको छ ।