२९ भाद्र कोहलपुर
५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा कोहलपुरमा बुधबार नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोहलपुर हार्डवेयर संघ बाँकेले आयोजना गरेको ‘कोहलपुर नगरको बृहत्तर विकासमा व्यवसायीहरु कौ भूमिका’ विषयक सो प्रतियोगितामा ग्रीनपीस स्कूलकी जानवी आर्यल प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।
त्यस्तै प्रतियोगितामा बालविद्या स्कूलकी सुवेक्षा केसी द्धितीय स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक भरत पनेरुले बताए । उनका अनुसार प्रतियोगितामा जीवनज्योति स्कूलकी श्रृष्टि गौतम तृतीय र गोरखा युनाइटेड पब्लिक स्कूलका अनमोल शाही सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक भरत पनेरुले जानकारी दिए
प्रथम,द्धितीय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका छात्रछात्राहरुले क्रमशः दश हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगद्सहित प्रमाणपत्र र ट्रफीसमेत प्राप्त गरेको पनेरुले बताए । प्रतियोगितामा कोहलपुर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत २५ विद्यालय ४४ विद्यार्थी सहभागी थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको विकास र सम्वृद्धिको लागी चौतर्फी हातेमालो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कोहलपुर क्षेत्रका राजनितिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी शिक्षक ,विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
कोहलपुर खबर । २९ भाद्र २०७९, बुधबार २०:५२