१९ असोज,काठमाण्डौ । चीनको हाङझाउमा भयको एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई हराउँदै भारत फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्लादेशलाई ९ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । जितका लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए । यसअघि भएको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । अब भारतले फाइनलमा आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल भोलि हुनेछ ।
कोहलपुर खबर । १९ आश्विन २०८०, शुक्रबार १४:०१