२ साउन कोहलपुर / हिन्दु नारीहरुको महान चाड तीज आउन अब करिब दुई साता बाकी छ ।
नयाँ नयाँ तीजको गीत सार्वजनिक हुने क्रम पनि लगभग अन्तिम चरणमा छ । धेरै संगीतकर्मिहरुले गीत सार्बजनिक गरिसकेका छन ।
सायद यसपाली ढिलो गरि तीज गीत सार्बजनिक गर्ने गीतकार लोकराज अधिकारी हुन ।
मौलिक तीज गीत बनाउने क्रममा ढिलो भएको गीतकार अधिकारीले बताए ।
उनको पछिल्लो तीज गीत ‘तीजै रमाइलो’ सार्वजनिक भएको छ । रुपा रिसाल (चालिसे), शिला विष्ट, विपना घिमिरे र सञ्जिव अधिकारीको स्वर रहेको उक्त गीतमा विपिन घिमिरेको संगीत रहेको छ ।
उक्त गीतको भिडियोमा दिपशिखा गुरुङ, लोमश शर्मा र लक्ष्मी गुरुङको अभिनय रहेको छ भने दिप गुरुङको निर्देशन रहेको छ ।
तिजमा चेलीलाई माइती मावली रमाइलो लाग्ने र माइतिलाइ चेली खुशी भए सन्सार रमाइलो लाग्ने भाव रहेको छ । गीत लाई शम्भु चालिसेले खिचेका हुन ।
कोहलपुर खबर । २ भाद्र २०७९, बिहीबार ०९:३५