१६ असोज, कोहलपुर । केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । जिल्ला प्रशासन बाँकेले नेपालगन्जमा कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मध्यान्ह साढे १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
नेपालगन्जमा दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको हो । शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली समेत निकालिएको थियो ।
मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले पनि प्रर्दशन गरेका हुन् ।
कोहलपुर खबर । १६ आश्विन २०८०, मंगलवार १३:२५