१९ माघ कोहलपुर बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा CBM Global Nepal र डेक नेपालद्वारा सञ्चालित Futuremakers (P00148) परियोजना अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । डेक नेपालले परियोजनाका लक्षित वर्ग १८ देखी ३५ वर्षका अपाङ्गता भएका व्यक्तिहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रम संचालनमा डेक नेपालले कोहलपुर नगरपालिकामा रहेका विभिन्न बैंक,लघुवित्त,फाईनेन्स, लगायतका संस्था संग समन्वय गरेको छ ।
डेक नेपालले १९ गते ग्लोबल आइएमई बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम बिहिबार संचालन गरेको हो ।
त्यस्तै वित्तीय साक्षरता कार्यक्रमको आज पहिलो चरणको कार्यक्रम गरिएको थियो । २०७९/१०/२० र २१ गते पनि वित्तीय साक्षरता कार्यक्रममा महालक्ष्मी बैंक,एभरेष्ट बैंक र पोखरा फाइनेन्स संगको सहकार्यमा सञ्चालन गर्ने भएको छ ।
कोहलपुर खबर । १९ माघ २०७९, बिहीबार २१:४९