सीताका आफन्तले अवरूद्ध गरे तुलसीपुरको पुल्चोक सडक

१२ जेठ, दाङ । क्षतिपूर्ति माग गर्दै सीताका आफन्तले तुलसीपुरको पुल्चोक सडक बन्द गराएका छन ।

शनिबार स्कुटर चलाएर विद्यालय जाँदै गरेकी उनलाई हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको जीपले दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपालगञ्ज नरसिंह कलेजमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको थियो। उनका आफन्त हरुले उचित क्षतिपूर्तिको माग गर्दै बिहान पौने ९ बजेदेखि सडक बन्द गराएको तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यले जानकारी दिए।

सीताका आफन्तले क्षतिपूर्ति नतोकिएसम्मे पोष्टमर्टम गर्न सहमत नभएपछि प्रहरीले दुबै पक्षलाई राखेर वार्ता गरको छ । मृतकको शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ।

सडक बन्द भएपछि सवारी साधन र यात्रु सडकमै रोकिएका छन्।सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक थिइन।