दाङमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु

१५ असोज,दाङ । दाङमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भयको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए। डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो।े श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा यज्ञबहादुर डाँगी अध्यापन गराउँदै आएका थिए। उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ।