भारतीय तरकारीको विषादी परीक्षण नगर्ने निर्णयको विरोधमा प्रदर्शन

फागुन, १७ काठमाडौं /  भारतीय तरकारीमा विषादी परीक्षण नगरी नेपाल ल्याउन दिने सरकारी निर्णयको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियुका विद्यार्थीहरूको समूहले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा सांकेतिक रुपमा तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्।

विषादीयुक्त भारतीय तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने जानकारी हुँदा हुँदै परीक्षण रोकिएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु् र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुखद पक्ष भएको अनेरास्ववियुको निष्कर्ष छ।