१३ असोज,सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्। शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन। मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्। उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । घटना शंकास्पद रहेको भन्दै । आफन्तहरुले लास उठाउन दिएका छैनन् । आफन्तहरुले अहिले आन्दोलन गरिरहेका छन । आक्रोशित भयर आन्दोलन गर्दा उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।
कोहलपुर खबर । १३ आश्विन २०८०, शनिबार १२:२०