माघ, १७ बालुवाटार / पार्टी रास्वपा का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग माग गरेका हुन् ।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन नागरिकता लिएका छन् । नागरिकता लिएलगत्तै पुन पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए ।
प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन् । उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन् ।
कोहलपुर खबर । १७ माघ २०७९, मंगलवार १४:१४