३० साउन कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुर घर भएकी मुना खड्काको सोमवार निधन भएको हो ।
पढाईको शिलशिलामा कोहलपुर नगरपालिका ११ साझा चोक बस्दै” पढाई गरिरहेकी अन्दाजी २२ बर्षकी मुना खड्काले पोइजन खाएर उपचारका क्रममा कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ।
खड्कालाई पश्चिम घर भएका गणेश पान्डेले सामाजिक र मानसिक यातना दिदै आएको र आफुमाथी नराम्रो हर्कत गर्दै सामाजिक सञ्जाल फेसबुक र टिकटक मार्फत आफ्नो चरित्रहत्या समेत गरेको खुलेको छ । पाण्डेले गरेको व्यावहारका कारण खड्काले मुत्यु रोज्नु परेको आफन्तहरुले कोहलपुर खबरलाई जानकारी दिएका हुन् ।
केही समयसम्म सामाजिक सञ्जालमा खड्का संग राम्रै कुरा हुने गर्यो तर अचानक गणेश पान्डेले जापान गएको केही समय पुगेपछि बिभिन्न बहानामा मुना खड्कालाई यातना, धम्की,डर देखाउदै आएपछि बाच्नुको विकल्प नरहेको देखिन्छ । आफन्तको भनाई अनुसार गणेश पान्डेलाई कानुनको दायरामा ल्याउन समेत माग गरेका छन्।
उनि लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय थिईन् । उनले बिधार्थीको हकमा आवाज उठाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट ने.बि.संघको राजनितिक संगै बि.बि.एस. चौंथो सेमेस्टरमा अध्यायन गर्थिन् ।
कोहलपुर खबर । ३० श्रावण २०८०, मंगलवार ०८:४३