राष्ट्रिय बाल दिवसको अबसरमा प्रभातफेरी

२९ भदौ कोहलपुर । आज ५९औं राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।

यसै बिच राष्ट्रिय बाल दिवसको अबसरमा कोहलपुर नगरपालीका वडा नं. १ मा प्रभातफेरी गरीएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को आयोजना र वडा स्तरीय बाल क्लबको समन्वयमा प्रभातफेरी गरीएको हो । कार्यक्रमको औचित्यबारे बोल्दै कोहलपुर नगरपालीका वडा नं. १ का वडाध्यक्ष बद्रि प्रसाद जैसीले बालबालीकाको अधिकार सुनिश्चित गर्नका लागी प्रत्येक बर्ष भदौ २९ गते राष्ट्रिय बाल दिबस मनाउने गरीएको बताए । बालबालीकाको क्षमता अभिबृद्धि गर्न, बालबालिकाको पढ्न, लेख्न पाउने, स्वास्थ्य उपचार पाउने लगायतका बालबालिकाको नैसर्गिक अघिकार हो र त्यसलाई हामी सबैले सुनिश्चित गर्नु पर्छ उनले भने । हरेक बर्ष बालबालीकाको क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरी उनिहरुको मनोबल बृद्धिका लागी कोहलपुर नगरपालीका वडा नं. १ ले बिशेष भुमिका निर्बाह गर्दै आएके पनि जैसीले बताए । प्रभातफेरीमा कृष्ण माबि, जनज्योती माबि र ब्राईटलाईट से.स्कुलका बिद्यार्थी र जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ ।