✍️ मार्सल राज सन्ज्याल
भदौं २८ कोहलपुर । नेपाल प्रेस युनियन बाँके शाखाले महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा बाँके क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका महिला पत्रकारहरुलाई समेट्दै लेखनवृत्ति प्रतियोगिता गरेको छ । पछिल्लो समय नेपाली नारीको महान पर्व हरितालिका तिजलाई मौलिकतासँग जोड्दै युनियन बाँके शाखाले पहिलोपटक मासिक पत्रिकाको विमोचन गरिएको हो ।
युनियन बाँकेले आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य आशा बिक र कार्यक्रमको सभापतित्वमा युनियन बाँकेकी उपाध्यक्ष निशा शाह सहित सम्पूर्ण अतिथिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गरेका हुन् ।
युनियन बाँकेले आफ्नो पहिलो अंक तिज बिषेश गरी पत्रिका प्रकाशन गर्दै प्रत्येक महिना अबदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादक मण्डलका सदस्य समेत रहेका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।
युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य आशा विकले शाखाले तीज पर्वलाई मौलिकतासंगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारिता तर्फ प्रेरित गरेको र महिला पत्रकारहरुले पत्रकारिता गरिरहँदा महिलालाई हुने समस्याहरु कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा आफु केन्द्रित रहेको बताएकी छन् । महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्नसकिने पहलमा कमी नहुने आफू प्रतिनिधिसभा सदस्य भएकोले मैले गर्नुपर्ने सहयोगमा पछि नहटने बचन समेत दिएकी छन् ।
त्यसैगरी प्रदेश सभा सदस्य समेत रहेकी माया पुनले युनियन बाँकेले गरेका संस्थागत सहकार्यका लागि आफूले गर्नुपर्ने सहयोग सल्लाह सधैव गरिरहने बताएकी छन् ।
प्रदेश सभा सदस्य सुशीला नेपाली, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारुले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी अघि बढ्नुपर्ने सकरात्मक सुझाव दिएकी छन् ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी परदेशका महासचिव नविन गिरी, पत्रकार माहासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघकी केन्द्रीय सदस्य अन्जु न्यौपाने, लगायतले आफ्नो धारणा समेत राखेका थिए । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालले कार्यक्रमलाई स्वागत मन्तव्यबाट शुरु गरेका थिए भने कार्यक्रम सञ्चालन माया अधिकारले गरेकी हुन् ।
कोहलपुर खबर । २८ भाद्र २०८०, बिहीबार २३:०३