१ असार, काठमाडौं । भुम्याको अवसरमा आज मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा विभिन्न कार्यक्रम गरेर मनाउँदै छन । मगर समुदायले आज भुम्या पर्वमा भूमिलाई देवताको रूपमा पुज्ने गर्छन् ।
भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ। भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ।
भूम्या पर्वको अवसरमा आज लुम्बिनी सरकारले रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको छ । यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ ।
कोहलपुर खबर । १ असार २०८०, शुक्रबार ११:०२