२७ भदौ, धनगढी । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर स्थानमा ठक्कर दिएको थियो । जयपुरआगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको अव्थामा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
कोहलपुर खबर । २७ भाद्र २०८०, बुधबार १३:५९