२४ भदौ,बैतडी । महाकाली राजमार्ग अविरल वर्षापछि पहिरोका कारण बन्द भएको छ। बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो।शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ। राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। यसका साथै राजमार्ग अवरुद्ध यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। राजमार्गमा खसेको पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न जेसिबी गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कोहलपुर खबर । २४ भाद्र २०८०, आईतवार १६:१७