१८ भाद्र काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालमाथि बाट हाम फालेर एक जना पुरुषको मृत्यु भएको छ ।
आज वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
मृतक पुरुषले बिरामीको आफन्त भएको भन्दै अस्पतालभित्र प्रवेश गर्दै सबैभन्दा माथिल्लो तलामा गएर बिहान करिब २ ३ बजे हाम फालेको भन्दै अस्पतालले जानकारी दिएको छ।
वीर अस्पतालमा रहेका बिरामी तथा कुरुवाले मृतक पुरुष आफ्नो कोही आफन्त नभएको बताएका छन् । घटना सम्बन्धि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी पाएका छै ।
कोहलपुर खबर । १८ भाद्र २०८०, सोमबार १४:२०