बैतडीमा वन कार्यालयद्वारा डेढ लाख बिरुवा निःशुल्क वितरण

२१ असार, बैतडी । बैतडीको डिभिजन वन कार्यालयले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्नै भयको छ । यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरू कार्यालयहरूमा गरेर जिल्लाका विभिन्न तीन स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरीएका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिएका छन ।

नर्सरीमा उत्पादित बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताए। जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ। नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस, तेजपात टिमुर, लगायतका बिरुवा उत्पादन गरिएका हुन्।

उनले भने, ‘उत्पादनमुखी बिरुवा उत्पादन गरिएका र बिरुवा रोप्न चाहने व्यक्ति,संघसंस्था,समूह,सामुदायिक र कबुलियती वनहरूलाई लैजान आग्रह छ।’डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरिएका हुन्।

पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष किसानको आयआर्जनमा बृद्धिका लागी निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको छ। गत वर्ष पनि एकलाख भन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गरेको थियो ।