२१ साउन, कोहलपुर । प्रस्तावित बैजानाथ जेसीजले कोहलपुर बृहत सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ गते सम्पन्न चुनावमा निर्वाचित पदाधिकारी लाई सम्मान गरेको छ ।
प्रस्तावित बैजनाथ जेसीजले शनिबार एक कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको हो । कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नव निर्वाचित कोषाध्यक्ष एवं कोहलपुर जेसीज
बर्ष २०२३ का अध्यक्ष धुर्व आचार्य तथा नव निर्वाचित सह(कोषाध्यक्ष एवं कोहलपुर जेसीज बर्ष २०२२ का अध्यक्ष ईस्वर प्रसाद शर्मालाई सम्मन गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै कोहलपुर जेसीज बर्ष २०२३ का अध्यक्ष एवं कोहलपुर वृहत सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव-निर्वाचित कोषाध्यक्ष धुर्ब आचार्यले कोहलपुरका झण्डै ५ हजार एक सय भन्दा बढि उपभोक्ता माझ शुद्ध खानेपानी को ब्यबस्थापन पहिलो प्राथमिकता रहेको बताएका छन् । उपभोक्ताले चुनेर पठाइसकेपछि उपभोक्ताको मतको कदर गर्दै खानेपानीका हरेक काम हरु चुस्त दुरुस्त राख्नेमा आफु अडिक रेहेको उनले बताए । नयाँ कार्यसमितिले यो भन्दा अघिल्लो कार्यसमितिले लिदै आएको बैठक भत्ता पनि कटौती गरेको र सेवा प्रबाहमा छिटो छरितो गर्न उपभोक्ताले समस्या टिपाउन एउटा छुट्टै टेलिफोनको ब्यबस्थापन गरिएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै सह(कोषाध्यक्ष एवं कोहलपुर जेसीज बर्ष २०२२ का अध्यक्ष ईस्वर प्रसाद शर्माले नयाँ कार्यसमितिलाई काम गर्न त्यति सहज नहुने तर उपभोक्ताले चाहे बमोजिम काम गर्न सकिनेमा बिश्वस्त हुन आग्रह गरे । यो भन्दा अघि खानेपानीका बिषयमा लागेका आरोपले गर्दा काममा केहि कठिनाई हुने देखिए पनि आफ्नो कार्यकाल सम्म उपभोक्ताले गुनासो गर्ने ठाउँ नराख्ने गरि काम गर्ने छु शर्माले भने ।
प्रस्तावित बैजनाथ जेसीजका अध्यक्ष गणेश बिष्टले खानेपानी को सहज पहुचमा ध्यान दिन आग्रज गरे । कोहलपुर जेसीजबाटै खानेपानी संस्थाको महत्त्वपूर्ण पदमा निर्बाचित हुनु भएकोले संस्थाको कोष पारदर्शिता हुनेमा आफु विश्वस्त रहेको उनले बताए । प्रस्तावित बैजनाथ जेसिजले खादा लगाई प्रमाण पत्र सहित सम्मान र सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । साथै प्रस्तावित बैजनाथ जेसीजको तेस्रो बोर्ड बैठक पनि शनिबार नै सम्पन्न भएको छ ।
कोहलपुर खबर । २१ श्रावण २०८०, आईतवार ०८:२४