७ असार,जुम्ला । सदरमुकाम स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड खलंगा कार्यालयले आफूसँग पर्याप्त मात्रामा नुन रहेको दाबी गरेको छ । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख मल्लले भन्नुभयो, ‘जिल्लामा नुनको अभाव हुने छैन । आफूहरूसँग अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख खगेन्द्र मल्लले अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ’, उनले भने, ‘वडाको मागबमोजिम वितरण गर्न कार्यालय लागिपरेको छ। गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगञ्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।
यस्तै आर्थिक वर्ष २०७८र०७९ मा ३४ करोड ३२ लाख विद्युत महशुल बापतको रकम संकलन भएको थियो । विद्युतका कर्मचारीले मिटर रिडिङ गरेको ७ दिनभित्र विद्युत महशुल बुझाउने ग्राहकहरुलाई २ प्रतिशत छुट दिने गरेको छ भने १६ देखि ३० दिनसम्म ५ प्रतिशत, ३० देखि ४० दिनसम्म १० प्रतिशत र ४० दिनभन्दा बढी भएमा २५ प्रतिशत जरिवाना लाग्ने गरेको उहाँले बताउनु भयो । त्यसैले समयमा नै विद्युत महसुल बुझाउन र जरिवाना तिर्नबाट बच्न सवै ग्राहकहरुलाई आग्रह पनि गर्नु भयो ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले नौवटै वडामा नुन ल्याउन कार्यपालिकामा छलफल गरेर वडाबाटै वितरण गर्ने बताए।वडामै नुन ल्याउन साल्ट ट्रेडिङसँग समन्वय गरिरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए।
’गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट नुन वितरण भइरहेको समयमा केही व्यक्ति आक्रोशित भई तोडफोडमा उत्रिएका थिए। गत आर्थिक वर्षकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा भीड हुने गरेको कार्यालयले जनाएको छ।
कोहलपुर खबर । ७ श्रावण २०८०, आईतवार १०:३०