२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।
कोहलपुर खबर । २ जेष्ठ २०८१, बुधबार १७:१०