२९ असार, काठमाडौं । नेपाली भाषाका रुपमा चिनिने आदिकवि भानुभक्त आचार्यको आज जन्मदिन विविध कार्यक्रम गरी नेपालमा धुमधामका साथ मनाउँदै छन ।
नेपाललगायत भारतमा पनि नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ । काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किम लगायत नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी आज २१०औँ भानुजयन्ती मनाइँँदै छ ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।
भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। गण्डकी प्रदेशले भानुजयन्तीको अवसरमा आज शुक्रबार सार्वजनिक विदा दिएको छ
कोहलपुर खबर । २९ असार २०८०, शुक्रबार १२:१४