२ जना मेडिकल सञ्चालक पक्राउ

२ असार, धनगढी । कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।

उनकाअनुसार उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए र्। जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।