प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

 १० कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

भेटमा पछिल्लो नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।